Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ७ मंगलबार ०९:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ट्रान्सफर्मरको तार  चोरी हुँदा सिँचाइ अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०९:२४:००

भरतपुर महानगरपालिका–६, देवनगरमा रहेको सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएको छ । जलस्रोत मन्त्रालयमार्फत भूमिगत जल सिँचाइका लागि अनुदानमा आएको ट्रान्सफर्मरको तामाको तार र तेल चोरी भएको स्थानीय देवराज सापकोटाले जानकारी दिए । 

उज्ज्वलदीप भूमिगत सिँचाइ उपभोक्ता समूहमार्फत दुई वर्षदेखि स्थानीय ५९ घरको ४० बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो । उपभोक्ता समूहका उपाध्यक्ष बाबुराम न्यौपानेका अनुसार चालू अवस्थामा रहेको ५० केभिएको ट्रान्सफर्मर आइतबार बिहान बारीमा तामाको तार र तेल चोरी गरी फालिएको अवस्थामा भेटिएको थियो । 

अहिले ट्रान्सफर्मर नभएपछि सिँचाइ रोकिएको छ । किसानका खेतमा मकै र धान लगाएका छन् । नेपाल विद्युत् प्राधिकरणले समूहको ट्रान्सफर्मर भएको भन्दै यसको विकल्प दिएको छैन । यद्यपि, प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको बताएको छ । नयाँ ट्रान्सफर्मरको मूल्य करिब ५ लाख पर्छ ।

यसअघि १३ चैतमा भरतपुर महानगरपालिका–१४, बरौजीमा रहेको बिजुलीको ट्रान्सफर्मर पनि क्षतिपूर्ण अवस्थामा भेटिएको थियो । चितवनमा तीन वर्षपछिको ट्रान्सफर्मर चोरीको यो पहिलो घटना हो ।