Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १२:३८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रंगशाला बन्द गर्ने सरकारको निर्णयका बाबजुद मैदानमा दर्शकलाई अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १२:३८:००

सरकारले कोरोना भाइरस (कोभिड– १९) को बढ्दो संक्रमणलाई ध्यानमा राखी रंगशाला बन्द गर्ने निर्णय गरे पनि त्रिदेशीय शृंखलाअन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ ।

शृंखलाअन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल १ः१५ बजेपछि सुरु हुनेछ । सरकारको निर्णय आउनुभन्दा पहिले नै खेल हेर्न दर्शक मैदान प्रवेश गरिसकेकाले कम्तीमा यो खेलमा सरकारको आदेश पालना गर्न नसकिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

‘सरकारको निर्णय त थाहा पायौँ । तर, बिहानैदेखि दर्शक मैदान प्रवेश गरिसकेका छन् । धेरै दर्शक टिकट लिएर गेटमा उपस्थित छन्,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘मैदानमा प्रवेश गरिसकेका दर्शकलाई निकाल्न असम्भव छ । यसपछिका बाँकी खेलमा भने सरकारको निर्णय पालना गर्नेतर्फ योजना तय गर्नेछौँ ।’