१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पुरुषोत्तम गिरी
२०७५ फाल्गुण ४ शनिबार १६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

छोराले गरे बाबुको हत्या 

Read Time : < 1 मिनेट
पुरुषोत्तम गिरी
२०७५ फाल्गुण ४ शनिबार १६:४९:००

सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका –२ कारागीठी ज्यामिरेका २० वर्षीय दुर्गा बहादुर रानाले गत २८ माघमा ४० वर्षीय बुबा कृष्ण बहादुर रानाको हत्या गरेको प्रहरीले जनाएको छ ।

अत्याधिक मादक पदार्थ(रक्सी) सेवन गर्ने गरेका कृष्णलाई छोरा दुर्गाले बारम्बार सम्झाउँदा पनि नसम्झिएपछी आबेगमा आई हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

इप्रका लुहामबाट खटिएको प्रहरी टोलीले बाबुको हत्या गर्ने छोरा दुर्गालाई सोही दिन नियन्त्रणमा लिएर अनुसन्धान थाले पनि घटनामा संलग्नलाई भने शनिबार सार्वजनिक गरेको हो । सल्यान जिल्ला अदालबाट थप १० दिनको म्याद लिई प्रहरी हिरासतमा राखी छोरा दुर्गालाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानल जनाएको छ ।