मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ६ सोमबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार

पाल्पा कारागारमा कैदीबन्दीद्वारा आत्महत्या

Read Time : < 1 मिनेट
२०७८ बैशाख ६ सोमबार १२:०२:००

पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । कारागारको शौचालयमा झुन्डिएर स्याङ्जाका किसान गुरुङले आत्महत्या गरेका हुन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुन्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन् ।

गुरुङ चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । ०७६ साल जेठमा स्याङ्जा कारागारमा परेका गुरुङलाई ०७६ सालको माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ ।

पाँच वर्षका लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोस्टमार्टम गरी परिवारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको पाल्पा कारागारले जनाएको छ ।