मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ १ शनिबार
  • Saturday, 15 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रलाई बलियो बनाउन महासंघ र चेम्बरको कार्यगत एकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:४१:००

निजी क्षेत्र एक भएर अगाडि बढ्न कार्यगत एकता गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले बताएका छन् । चेम्बरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै महासंघले दुवै संस्थाका पदाधिकारीले संस्थागत सहकार्य र कार्यगत एकतालाई बलियो बनाएर अगाडि बढाउन जोड दिएका हुन् ।

‘एकता नै बल हो भन्ने कुरालाई तीनैवटा संस्थाले मनन गरेर अगाडि बढ्नुपर्छ,’ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी प्रतिस्पर्धी होइनौँ, एक–अर्काका परिपूरक हौँ र आउने दिनमा पनि एकबद्ध भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौँ, हामीले बोल्ने भाषा एकै हुनुपर्छ ।’ 

महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्ताबेज रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने अध्यक्ष गोल्छाले स्पष्ट पारे । महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमा समेत संस्थागत सहकार्य गर्न चेम्बरलाई उनको आग्रह छ । 

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले संस्थागत सहकार्य र कार्यगत एकता गरेर अगाडि बढ्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए । ‘महासंघले संस्थागत सहकार्यका लागि राखेको प्रस्तावमा पूर्ण समर्थन छ,’ उनले भने, ‘चेम्बर र महासंघबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको र उक्त सम्बन्धलाई थप प्रगाढ  बनाउँदै लैजानेछौँ ।’