१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामचन्द्र न्यौपाने
२०७५ फाल्गुण ४ शनिबार १५:२४:००
Read Time : < 1 मिनेट
प्रदेश

त्रिपुरासुन्दरी नगरमा दुईसातादेखि बिद्युत अवरुद्ध

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ फाल्गुण ४ शनिबार १५:२४:००

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका दुईसातादेखि अन्धकारमा रहेको छ । बिद्युत बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा, बगरलगायतका बस्तीका स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।
छलगाड लघुजलबिद्युत आयोजनाको जेनरेटरमा प्रयोग हुने लेदर फित्ता चुँडिएपछि नगरपालिकामा बिद्युत आपुर्ती ठप्प भएको हो । 
बिजुली नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै सरकारी तथा गैह्र सरकारी संस्थाहरुको कामकाज सम्पादनमा समेत समस्या भएको स्थानीय हरीचन्द्र बिष्टले बताए ।