मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका नवलपरासी
२०७८ बैशाख ५ आइतबार ०७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्ने बस दुर्घटना : घाइते भएकामध्ये तीनजनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७८ बैशाख ५ आइतबार ०७:०२:००

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– २  दाउन्ने सडकखण्डमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीनजनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटना परी घाइते भएका ३१ मध्ये दुईजनाको चितवनस्थित पुरानो मेडिकल कलेज र एकजनाको मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा गएराति निधन भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका– ५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका– २ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका– २५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।  

अन्य  घाइतेहरू सबैको अवस्था चिन्तामुक्त रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।  जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार घाइतेहरूलाई उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भर्ना गरिएको छ । 

बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको ना.५ख ७००० नम्बरको बस अनियन्त्रित भई दाउन्ने बजारनजिक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।