१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनिष खड्का 
२०७५ फाल्गुण ४ शनिबार १४:४१:००
Read Time : < 1 मिनेट
अर्थ

रुकुम पश्चिमबाट ५२ मेट्रिक टन मकैको उन्नत बिऊ निर्यात 

Read Time : < 1 मिनेट
मनिष खड्का 
२०७५ फाल्गुण ४ शनिबार १४:४१:००

जिल्लाबाट चालु बर्ष ५२ मेट्रिक टन मकैको बिऊ निर्यात भएको छ । जिल्लाको विभिन्न ठाउँबाट २४ लाख ५६ हजार ९ सय १५ रुपैयाँ बराबरको मकैको उन्नत जातको बिऊ निर्यात भएको हो । 

किसानका लागि उन्नत बिऊ बिजन कार्यक्रमको अनुदानमा जिल्लाको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका १९ वटा कृषि समुह तथा सहकारीले उक्त बिऊ उत्पादन गरेका कृषि उद्यम केन्द्रका जिल्ला कृषि ब्यवसायी विकास सल्लाहकार राजु लामिछानेले जानकारी दिए । यो सिजनामा मात्र मकैको बिऊबाट कृषकहरुले साढे २४ लाख आम्दानी गरेको उनले बताए । 

गत वर्ष किसान र बिऊ कम्पनीबिच भएको सम्झौता अनुसार मकैमो बिऊ बिक्री गरीएको उनले बताए । सम्झौता अनुसार रुकुमेली एग्रो सिड दाङ, पञ्जशक्ति बिऊ कम्पनी धनगढी, शाइकुमारी एग्रोभेट मुसीकोट र ओली सप्लायर्स खोलागाउँले जिल्लामा उत्पादित मकैको बिऊ खरिद गरेका हुन् । जिल्लामा किसानका लागि उन्नत बिऊ बिजन कार्यक्रमले ताजा तरकारी तथा खाद्यान्नको बिऊ उत्पादनका लागि कृषकहरुलाई विभिन्न सहयोग गर्दै आएको छ । मुल बिऊ, सिंचाई, कृषि उपकरण, तालिम, मल तथा बिषादी लगायतमा कृषकलाई अनुदान प्रदान गरिएको लामिछानेले बताए ।
 
उमार शक्ति ९६ प्रतिशत 
बिऊ बिजन प्रयोगशाला खजुरामा गरिएको परिक्षण अनुसार उत्पादित मकैको बिऊमा राम्रो उमर शक्ति रहेको पाइएको छ । लामिछानेको अनुसार उक्त बिऊमा ९६ प्रतिशतसम्म उमार शक्ति रहेको परिक्षणबाट पत्ता लागेको हो । 

उमार शक्ति राम्रो भएकाले बिऊ खरिद गर्ने कम्पनीले किसानलाई राम्रो मुल्य दिएका छन् ।