मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ बैशाख ४ शनिबार १०:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा सक्रिय कोरोना संक्रमितकाे संख्या दुई सय १५ पुग्याे  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ बैशाख ४ शनिबार १०:२०:००

दोस्रो चरणमा प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय १५ जना पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ३३ जना संक्रमित थपिएपछि प्रदेश १ मा दोस्रो चरणमा  सक्रिय संक्रमित दुई सय १५ जना पुगेका हुन् ।

शुक्रबार मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा दुई–दुईजना संक्रमित थपिएका छन । मोरङको विराटनगरमा १४, बुढीगंगा गाप रंगेली, लेटाङ र उर्लाबारी नगरपालिकामा एक–एकजना संक्रमित थपिका छन् । यसैगरी, झापाको विर्तामोड नगरपालिकामा तीन, शिवसताक्षी र कनकाईमा नगरपालिकामा दुई–दुई र दमक नपामा एकजना संक्रमित फेला परेका छन् ।

भोजपुरको अरुणमा दुई र भोजपुर नगरपालिकामा एक, सुनसरीको इटहरी उपमहानगर  र हरिनगरा गापमा  एक–एक, उदयपुरको उदयपुरगढी र कटारीमा एक–एकजना संक्रमित थपिएका छन् ।    

हालसम्म प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ३० हजार पाँच सय ६५ जना पुगेका छन् । कुल संक्रमितमध्ये हालसम्म २९ हजार ८ सय ७८ संक्रमणमुक्त भएका छन् ।  

प्रदेश १ मा शुक्रबार दुई सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । प्रदेश १ मा  हालसम्म दुई लाख ३४ हजार चार सय ५५ जनाको पिसिआर परीक्षण भइसकेको छ ।