मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ४ शनिबार ०९:००:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सडन डेथमा बागमती विजयी 

Read Time : < 1 मिनेट
२०७८ बैशाख ४ शनिबार ०९:००:००

बागमती युवा क्लब सर्लाहीले शुक्रबार सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । सिमराको जितपुरमा चलिरहेको प्रतिस्पर्धाको निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भयो । जसमा बागमतीको भाग्य चम्कियो । 

टाइब्रेकरमा बागमतीका गोलरक्षक अरुण ब्लोनले गोल गरेका थिए । सेन्ट्रल कलेज भरतपुर एफसीका प्रज्वल थापाको प्रहार क्रस बारमाथि गएपछि बागमती अन्तिम आठमा पुग्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेल अवधिभर थुप्रै राम्रा अवसर सदुपयोेग गर्न नसक्दा सेन्ट्रल कलेज भरतपुर एफसी पहिलो खेलबाटै बाहिरिनु परेको हो । 

खेलको २२औँ मिनेटमा बागमतीका निरज थापाले बिके चाम्लिङलाई लडाएका थिए । प्राप्त फ्री किक भतरपुरले सदुपयोग गर्न सकेन । विपिन गुरुङको फ्री किकमा बिके चाम्लिङले हेडिङ गोल प्रयास गरेका थिए । ३८औँ मिनेटमा अब्दुला डिओमोले डी बक्सभित्रबाट प्रहार गरेको बल क्रसबारमाथिबाट गएको थियो । 

८२औँ मिनेटमा भरतपुरका उमेश राईले डी बक्सभित्रैबाट प्रहार गरेको बललाई बागमतीका गोलरक्षक अरुण ब्लोनले उत्कृष्ट बचाउ गरेका थिए । बागमतीका लागि स्टेफन समिरले ४१औँ मिनेटमा गरेको गोल प्रयास गरे । ७५औँ मिनेटमा बागमतीका अनिश महर्जनले डी बक्सभित्रैबाट गरेको प्रहारलाई भरतपुरका गोलरक्षक मनोज गुरुङले सहजै रोकिदिए । 

खेलमा बागमतीका अरुण ब्लोन म्यान अफ द म्याच भए । प्रतियोगिताअन्तर्गत शनिबार सुदूरपश्चिम ११ स्पोर्टस् क्लब धनगढी र एफसी विजय युथ हेटौँडाबीच खेल हुने आयोजकले जनाएको छ ।