मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल
२०७५ फाल्गुण ४ शनिबार १४:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिंचाई अभावले ७० वर्षदेखि जमिन बाँझै

Read Time : < 1 मिनेट
रमेश रावल
२०७५ फाल्गुण ४ शनिबार १४:३६:००

जिल्लाको खाँडाचक्र नगरपालिका–६ को माथिल्लो सेरवाडामा सिंचाईको अभावमा करिब १ हजार हेक्टर जमिन बाँझै रहेको छ । सिंचाईको सुबिधा ७० वर्षदेखि जमिन बाँझै रहेको हो ।

सिंचाई सुविधा हुदाँ राम्रो अन्नबाली उव्जाउ भइरहेको जमिनमा खानेपानीको समेत अभाव हसँदै गएपछि त्यहाँका स्थानीय बसाईसरेर गएका छन् । खाँडाचक्र नगरपालिका ६ का स्थानीय मनसिंह शाहीका अनुसार बाँझो रहेको जमिन करिब एक सय जनाको नाममा रहेको छ ।

सिंचाई नहुँदा बस्ती स्थानतरण
७० वर्ष अघि सिंचाई सुविधा र खानेपानीको सुविधा हुँदा बाक्लो बस्ती रहेको माथिल्लो सेराबाडामा हाल घरका भित्ताहरु मात्र भग्नावशेष अवस्थामा रहेको छ । 

खाँडाचक्र नगरपािmका ६ का वडा अध्यक्ष जगदिश शाहीका अनुसार बिगतमा ठुलो बस्ती रहेको ठाउँमा खानेपानी र सिंचाईको अभावका कारण  बस्ती अन्यत्र बसाईसरेको हो । सिंचाई सुविधा भएमा मलिलो माटो भएको उक्त ठाउँबाट राम्रो उव्जाउ गर्न सकिने उनले बताए ।