मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ४ शनिबार ०५:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चट्याङबाट  तीनको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ४ शनिबार ०५:५७:००

हावाहुरीसँगै बिहीबार राति चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा एक बालिकासहित तीनजनाको ज्यान गयो । चारजना घाइते भए । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबारको चट्याङले भोजपुरको षडानन्द नगरपालिका– ८ निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका– ६ असिनेकी नौ वर्षीया रोहिता मगर र बाग्लुङको ताराखोला गाउँपालिका– २ सेलेखोलाका ४५ वर्षीय खिमलाल कँडेलले ज्यान गुमाए ।

पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय बनेका वेला वायु पूर्व–उत्तर सर्दै गर्दा बिहीबार साँझ र राति भीषण हावाहुरी चलेको थियो । हावाहुरीसँगै चट्याङ खस्दा घरमै रहेका राई र मगरले ज्यान गुमाएका थिए भने गोठमा जाँदै गर्दा कँडेललाई चट्याङ लागेको थियो ।

१७ फागुनमा प्रिमनसुन सुरु भएयता मुलुकका कुनै न कुनै ठाउँमा दैनिकजसो चट्याङ परिरहेको छ । यो विद्युतीय तरंग हो, त्यसबाट विद्युतीय विस्फोटन हुन्छ । ‘बादलबीचमा बग्ने करेन्ट निकै शक्तिशाली हुन्छ । यस्तो करेन्ट तीन हजारदेखि तीन लाख एमपिएससम्मको हुन्छ,’ चट्याङविज्ञ श्रीराम शर्माले नयाँ पत्रिकासँग भने ।