१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विरेन्द्रनगर
२०७८ बैशाख ३ शुक्रबार १७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो, एमालेका चार सांसदद्वारा फ्लोर क्रस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विरेन्द्रनगर
२०७८ बैशाख ३ शुक्रबार १७:२२:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रबार उनले २२ जना सांसदको विश्वासको मत पाएका छन् ।

३७ जना उपस्थित सांसदमध्ये २२ जनाले उनको पक्षमा मतदान गरेका छन् भने १५ जनाले विपक्षमा मतदान गरे । शाहीको पक्षमा एमालेका चारजना सांसदले मतदान गरेका छन् । पार्टीले गरेको ह्विपविपरीत चार सांसदले फ्लोर क्रस गरेपछि शाहीको पद जोगिएको हो ।