१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका 
२०७५ फाल्गुण ४ शनिबार १२:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

त्रिवि उपकुलपतिप्रति विद्यार्थी नेतृको आक्रोश–‘स्ववियु विथोल्ने रवैयाको मूल्य महंगो पर्नेछ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ फाल्गुण ४ शनिबार १२:४५:००

पूर्व माओवादी केन्द्रको भातृ संगठन अखिल(क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति आफ्नो मर्यादित भूमिकाबाट च्युत भएको आरोप लगाएकी छन् । 

सामाजिक सञ्जाल फेसबुक मार्फत सिंहले प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दै उपकुलपतिले स्ववियु कार्यतालिका सार्वजनिक नगरेको भन्दै आक्रोश पोखेकी हुन् । उनले नेपाली कांग्रेसको भातृसंगठन नेवि संघको योजनामा उपकुलपति स्ववियु विथोल्ने ‘मतियार’ को भुमिकामा प्रस्तुत भएको आरोप लगाएकी छन् । 

फेसबुकमा ६ वुंदे असन्तुष्टि सार्वजनिक गर्दै सिंहले लेखेकी छन्– ‘लामो संघर्ष र वलिदानबाट प्राप्त स्ववियु निर्वाचन सम्पन्न नगराउन उपकुलपतिद्वारा गरिएको अलोकतान्त्रिक रवैयाको मूल्य महंगो पर्नेछ ।’