मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ध्रुव बीसी
२०७५ फाल्गुण ४ शनिबार ११:४८:००
Read Time : > 1 मिनेट
प्रदेश

अछाममा बालविवाह विरुद्ध ‘म बोल्छु अभियान’ सुरु

Read Time : > 1 मिनेट
ध्रुव बीसी
२०७५ फाल्गुण ४ शनिबार ११:४८:००

अछाममा बालविवाह विरुद्ध ‘म बोल्छु अभियान’ सुरु भएको छ । मावि स्तरका विद्यालयमा सञ्चालन हुने अभियानको सुरुवात बान्नीगढी जयगढ गाउँपालिकाबाट गरिएको छ ।

गाउँपालिका ६ दर्ना स्थित ऐश्वर्य माविमा आयोजित एक समारोहका बिच जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले अभियानको उद्घाटन गर्दै बालविवाह विरुद्ध एक जुट भएर लाग्न सबैलाई आव्हान गरेका छन् । ‘अब बालविवाह शुन्यमा झार्नुपर्छ,’ उनले भने,‘सबै स्थानीय तह बालमैत्री बनाउने योजना छ । त्यसका लागि बालविवाह रोक्न यो अभियान सुरु गरेका छौ ।’ जिल्लाका १० वटै स्थानीय तहसँगको समन्वयमा सबै माध्यमिक तहका विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको अगुवाईमा अभियान सुरु गरिएको उनले बताए । 

कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ ठुलो समस्याका रुपमा रहेको बालविवाह न्यूनीकरणका लागि अभियान सुरु गरिएको र यस अभियानमा हातेमालो गरेर लाग्न सरोकारवालाहरुलाई आग्रह गरे । ‘कुनै एक निकायको पहलले मात्र बालविवाह न्यूनीकरण गर्न सम्भव छैन्,’ उनले भने,‘अब हामीले हातेमालो गर्नुपर्छ । सञ्चालित अभियान मार्फत गाउँपालिकाका ६ वटै माविबाट उत्कृष्ट हुने एक÷एक जना विद्यार्थीलाई अभियान्ताका रुपमा छनौट गरिने उनले बताए । 

बान्नीगढी जयगढ ६ का अध्यक्ष कृष्णबहादुर कडायतले छलफल, -याली, गोष्ठी र अन्य कार्यक्रम गरेर कुनै प्रभाव नदेखिएपछि बालबालिकाहरुलाई अभियान्ताका रुपमा अघि सार्न उनीहरुलाई नै यो अभियानमा सामेल गराइएको बताए । बालबालिका आफैले बालविवाह न्यूनीकरणका लागि नेतृत्व लिएकाले अभियान प्रभावकारी हुनेमा उनले विस्वास व्यक्त गरे । अभियानको उद्घाटन समारोहमा कक्षा १० मा अध्ययनरत छात्राहरु पुजा शाह, स्वस्तिका थापा, अन्जना सिंह र कक्षा ९ का छात्र मंगल रिमालले प्रतिस्पर्धीका रुपमा आफ्नो धारणा राखेका थिए । जसमा कक्षा १० की छात्रा पुजा शाह उत्कृष्ट बनेकी छिन् । 

रेडियो सोसाइटी एफएमले सहजीकरण गरिरहेको यस अभियान अन्र्तगत पहिलो चरणमा बान्नीगढी जयगढ गाउँपालिकासँगै रामारोशन, ढकारी र तुर्माखाँद गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछन् । त्यसपछि अन्य नगरपालिका र गाउँपालिकामा पनि अभियान सञ्चालन गरेर बालविवाह विरुद्ध बालबालिकालाई नै नेतृत्व गर्न दिने तयारी भइरहेको छ । 

११ वर्ष नपुग्दै विवाह
राष्ट्रिय जनगणना २०६८ अनुसार अछाममा ११ वर्षकै उमेरमा बालविवाह हुने गरेको छ । तथ्यांकमा ११ वर्षमुनिका पाँच सय ७७ जनाले विवाह गरेको देखिन्छ । 

जसमा बालिका तीन सय ६३ र बालक दुई सय १४ जनाले विवाह गरेको तथ्याङक छ । जन गणनाअनुसार ११ देखि १४ वर्ष उमेर समूहका ६ सय तीन जनाले बालविवाह गरेका छन । जसमा बालिकाका चार सय र बालक दई सय तीज जना रहेका छन । १५ देखि २० वर्षउमेर समूहका एक हजार ६ सय २२ जनाले बालविवाह गरेका छन ।  जसमा आठ सय २२ बालिका र आठ सय बालक रहेका छन । तथ्याङकअनुसार जम्मा दुई हजार आठ सय दुई जनाले बालविवाह गरेका छन । यस अवधिमा बालकभन्दा बालिका विवाह दुई गुणा बढी देखिन्छ । बालविवाह गर्नेमा दलित, गरिव र विपन्न समुदायका बालबालिका बढी छन ।