मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २ बिहीबार १०:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा सूर्यबहादुर थापाको लिगेसी हो : कमल थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २ बिहीबार १०:३१:००

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी  स्वर्गीय सूर्यबहादुर थापाको लिगेसी भएको बताएका छन् । स्वर्यीय थापाको पाँचौँ स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले राप्रपालाई बलियो शक्ति बनाउन सक्नु नै सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे ।

उनले कांग्रेस र कम्युनिस्टको विकल्पको रूपमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सूर्यबहादुर थापाको चाहना भएकोसमेत बताए । उनले भने, ‘राप्रपाका संस्थापक अध्यक्ष, पूर्वप्रधानमन्त्री  तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज पाँच वर्ष पूरा भयो । स्व. थापाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सादर श्रद्धाञ्जली  व्यक्त गर्दछु।’

‘राप्रपा स्व. सूर्यबहादुर थापाको ‘लिगेसी’ हो । उहाँ कांग्रेस र कम्युनिस्टको विकल्पमा एउटा बलियो शक्ति निर्माण गर्न चाहनुहुन्थ्यो । तसर्थ, आजको दिनमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पूरा गरौँ, त्यही नै स्व. थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ,’ उनले लेखेका छन् ।