मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार ०७:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको कार्डमा वैशाखभरि ७५ प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार ०७:२९:००

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर कार्ड प्रयोग गर्ने ग्राहकका लागि विभिन्न छुट योजना ल्याएको छ । बैंकले कार्ड प्रोडक्टहरूमा विभिन्न छुट प्याकेजसहित ‘ढुक्क र दंग’ नामक अफर ल्याएको हो । 

अफरअन्तर्गत बैंकले नबिल आइकार्ड र नेपाली रुपैयाँ कारोबार हुने नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

उक्त छुट अफर २०७८ वैशाख महिनाभरि रहने जनाइएको छ । बैंकको कुनै पनि शाखामा गई ग्राहकले नबिल आइकार्ड र नबिल त्रेडिट कार्ड लिई अफरको फाइदा लिन सक्ने जनाइएको छ । सन् १९८४ देखि सञ्चालनमा आएको बैंकले देशभरमा १ सय १९ शाखा, १ सय ८५ एटिएम, १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको जनाएको छ ।