Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार ०७:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङ नेपालले बजारमा ल्यायो ग्यालेक्सी एम६२

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार ०७:१३:००

स्मार्ट फोन ब्रान्ड सामसङले नेपाली बजारमा ग्यालेक्सी एम६२ स्मार्ट फोन ल्याएको छ । कम्पनीले ७ हजार एमएएच ब्याट्री तथा ६४ मेगापिक्सेल क्वाड क्यामरासहितको फोन बजारमा ल्याएको हो । 

यो फोनमा ७एनएम एक्सिनस ९८२५ प्रोसेसर रहेको कम्पनीले जनाएको छ । सामसङ नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले ग्राहकलाई सुलभ मूल्यमा नवीनतम प्रविधियुक्त स्मार्ट फोन उपलब्ध गराउने प्रतिबद्धताअनुसार अघि बढेको बताए ।

यसै कारण बेस्ट इन सेग्मेन्टअन्तर्गत ग्राहकको कन्टेन्ट कन्जप्सनप्रति बढ्दै गइरहेको निष्कर्षका साथ यो फोन बजारमा ल्याएको उनको भनाइ छ । उनले भने, ‘नयाँ ग्यालेक्सी एम६२ फोन युवाहरूको आवश्यकताअनुरूप स्पिड तथा पर्फमेन्सका लागि विशेष रूपमा डिजाइन गरिएकाले यो मोन्स्टर अफफोन हो ।’  

यसमा पछाडि ६४ मेगापिक्सेलको क्वाड क्यामरा सेटअफ रहेको जनाइएको छ । यसका साथै १२ मेगापिक्सेलको क्यामरामा १२३ डिग्रीको फिल्ड अफ भ्युका साथ अल्ट्रा वाइड लेन्स राखिएको कम्पनीले जनाएको छ । यसबाहेक ५ मेगापिक्सेलको माइक्रो लेन्सले क्लोज अपफोटो पनि स्पष्ट खिच्न सक्ने डफ्थ क्यामरा रहेको जनाइएको छ । ७००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनसँगै टाइप सी, २५ वाटको चार्जर पनि उपलब्ध रहेको जनाइएको छ । यो चार्जरले २ घन्टामै पूर्ण रूपमा चार्ज गर्न सक्ने कम्पनीको दाबी छ । 

यो फोनमा ६.७ इन्चको एफएचडी प्लस, सुपर एमोलेड प्लस इन्फिनिटी–ओ डिस्प्ले रहेको जनाइएको छ । यसले १६ एम कलर सपोर्ट गर्नुका साथै ४२० पिक ब्राइट तथा कन्स्ट्रास्ट रेसियो १००००००ः१ रहेको जनाइएको छ । जसले गर्दा डिस्प्ले सफा एवं उत्कृष्ट हुने कम्पनीको दाबी छ । 

लेजर ग्रे, लेजर ब्लू तथा लेजर ग्रिन रङमा उपलब्ध यो फोन ६÷१२८ जिबीको ४० हजार रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, ८÷१२८ जिबीको मूल्य ४३ हजार रुपैयाँ तोकिएको जनाइएको छ ।