Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १ बुधबार ०९:५८:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

२६ स्रष्टालाई जनमत वाङ्मय सम्मान

Read Time : > 1 मिनेट
२०७८ बैशाख १ बुधबार ०९:५८:००

जनमत वाङ्मय प्रतिष्ठान नेपालले एकैपटक २६ साहित्यिक स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले ३७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लाका २६ स्रष्टालाई काभ्रेको बनेपामा आयोजित कार्यक्रममा शनिबार सम्मान गरेको हो ।

प्रतिष्ठानले गत वर्ष सम्मान गरेका सष्टाहरूलाई पनि यसै वर्ष प्रमाणपत्र हस्तान्तरण गरेको छ । कोरोना महामारीका कारण गत वर्ष कार्यक्रम आयोजना गर्न नसकेकाले यो वर्ष संयुक्त रूपमा सम्मान गरिएको जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार मोहन दुवालले बताएका छन् ।

सम्मानित व्यक्तित्वहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पदक, सम्मानपत्र र दोसल्ला ओढाएका थिए । ०७५ सालमा सम्मानित हुनेहरूमा चितवनका रविकिरण निर्जीवलाई दीपा जनमत सम्मान, काठमाडाैँका राजा शाक्यलाई गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान, दोलखाका शेषराज सिवाकोटीलाई हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान, झापाका टंक उप्रेतीलाई जनमत–जनक प्रधान सेवा सम्मान, गुल्मीकी भागीरथी श्रेष्ठलाई केवलपुरे जनमत सम्मान, काभ्रेका ठाकुरप्रसाद मैनालीलाई जनमत–महेन्द्रलाल कला सम्मान, सुनसरीकी रिता ताम्राकारलाई कमला सैजु–जनमत सम्मान, काभ्रे बनेपाका सोमकाजी शाक्यलाई जनमत–राजभाइ सहयात्री सम्मान, मकवानपुरकी लक्ष्मी भट्टराईलाई भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान, रौतहटकी यशु श्रेष्ठलाई जनमत–केदार–सुदर्शना बाल साहित्यिक सम्मान, सिन्धुलीका मुकुन्दप्रसाद उपाध्यायलाई जनमत–सिचि धर्म–संस्कृति सम्मान, पाल्पाका रामबहादुर पहाडीलाई जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान र काभ्रेका डा. राजेन्द्र कोजूलाई जनमत–दीपक वैद्य स्वास्थ्य सम्मानद्वारा सम्मानित गरिएको छ । 

यस्तै, ०७६ सालमा अर्घाखाँचीका ठाकुर बेलवासे दीपा–जनमत सम्मान (कविता), काठमाडांैका सुरेशकिरण गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान, ललितपुरका हरिराम जोशी हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान, लमजुङका नवराज पहाडी जनमत–जनक प्रधान सेवा सम्मान, काठमाडौंकी डा. उषा ठाकुर केवलपुरे जनमत सम्मान, मोरङकी सरोजा खड्की जनमत–महेन्द्रलाल कला सम्मान, काठमाडौंकी सुलोचना मानन्धर धिताल कमला सैजु–जनमत सम्मान, कास्कीकी रिता न्यौपाने पहरी जनमत–राजभाइ सहयात्री सम्मान, काठमाडौंकी साबित्री श्रेष्ठ भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान, पर्वतका छायादत्त न्यौपाने ‘बगर’ जनमत–केदार–सुदर्शना बाल साहित्यिक सम्मान, धादिङका डा. रमेशचन्द्र अधिकारी जनमत–सिचि धर्म–संस्कृति सम्मान, ताप्लेजुङका डा. गोविन्दराज भट्टराई जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान र काभ्रेका डा. सुमनराज ताम्राकार जनमत–दीपक वैद्य स्वास्थ्य सम्मानबाट सम्मानित भएका छन् ।