मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ३१ मंगलबार १४:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चितवनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ चैत ३१ मंगलबार १४:२५:००

चितवनको भरतपुर महानगरपालिका– १८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमुना परीक्षण गर्दा कारोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।  उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए । 

जिल्लामा हालसम्म ६ हजार नाै सय ७९ मा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय संक्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेसनमा छन् । रासस