१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०८:५८:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रेस्टुरेन्टका खानेकुरा कसरी रोज्ने ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०८:५८:००

भुटेको वा तारेको खानेकुरा पाचन प्रणालीका लागि निकै खराब हुन्छ । यस्ता खानेकुराले निकै चाँडो अस्वस्थ बनाउँछ । यसकारण यस्ता खानेकुरा अस्वीकार गर्नुहोस् । 

धेरै मानिस स्वस्थ खानेकुरा घरभित्रै सम्भव छ भन्नेमा विश्वास गर्छन् । घरैमा खानेकुरा तयार पार्दा आफ्नो स्वास्थ्यलाई ख्याल पुर्‍याउन सकिन्छ । तर, घरभन्दा बाहिर खाना खानु स्वास्थ्यका हिसाबले धेरै चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ ।  खानाका लागि छानिएको रेस्टुरेन्टको मेनुमा मनपर्ने खानेकुराको लिस्ट कम हुन सक्छ । त्यही कम लिस्टबाट स्वस्थ खानेकुराको छनोट गर्नु अर्काे चुनौतीपूर्ण काम हो । धेरै रेस्टुरेन्ट वा होटेलहरूले निकै आकर्षक तरिकाले खानेकुरा ‘सर्भ’ गर्ने गर्छन् । तर, कतिपय खानेकुरा तपाईंको टेबलसम्म आइपुग्दा नै खान अयोग्य भइसकेका हुन सक्छन् । त्यसो भए, स्वस्थ खानेकुराको छनोट कसरी गर्ने ? केही टिप्स :

सावधान रहनुहोस्
आजभोलि इन्टरनेटका कारण धेरै सहज छ । खानाका लागि कुनै रेस्टुरेन्ट जानुअघि त्यहाँ पाइने खानाको मेनुदेखि धेरै विषयको जानकारी इन्टरनेटबाट नै हासिल गर्न सकिन्छ । त्यसले गर्दा स्वस्थ खानेकुरा छान्न सहज हुनेछ । यसले गर्दा आफ्नो शरीरका लागि स्वास्थ्यकर खानेकुरा छान्न सकिन्छ । त्यसैले खानाका लागि कुनै रेस्टुरेन्ट जानुअघि ती रेस्टुरेन्टका बारे अनलाइनमा खोज्ने बानी बसाल्नुहोस् ।

स्वास्थ्यकर साइड डिसेस रोज्नुहोस्
रेस्टुरेन्टमा खानासँगै स्वास्थ्यलाई हानि पुर्‍याउने अरू धेरै अखाद्य वस्तु वा पदार्थ पनि खाइरहेको हुन सक्छ । यसले स्वास्थ्यलाई राम्रो त पक्कै गर्दैन । स्वास्थ्यकर ‘डाइट’मा बस्न चाहनेहरूका लागि यो राम्रो रोजाइ हुने नै भएन । त्यसैले यस्ता खानेकुरा ‘अर्डर’ गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । जस्तो हाम्बर्गर मगाउँदा त्यसमा कुनै तारेको चिज नराख्न भन्न सकिन्छ । त्यसको सट्टा उमालेको ‘भेजिटेबल्स’ राख्न अनुरोध गर्न सकिन्छ । यसले स्वास्थ्यमा हुने हानि निकै कम गर्न सकिन्छ । धेरै रेस्टुरेन्टले आजभोलि यी विषय बुझेका पनि छन् । त्यसैले उनीहरूले यी अनुरोधलाई सहज स्वीकार गर्छन् ।

धेरै नखानुहोस्
तपाईंले याद गर्नुभएको छ, कुनै रेस्टुरेन्टले खाने कुरा निकै कम दिने गर्छन् । कुनै रेस्टुरेन्टले भने धेरै दिन्छन् । स्वास्थ्यकर खानेकुराका लागि यी विषयमा पनि ध्यान पु¥याउन आवश्यक छ । स्वास्थ्य ठीक बनाइराख्न ठिक्क खानुपर्छ । कहिलेकाहीँ रेस्टुरेन्टहरूले धेरै खानेकुरा दियो भनेर सबै खानेकुरा जबर्जस्ती खाने गर्नुहुन्न । थोरै दियो भने थप मगाएर धेरै खाने पनि गर्नुहुन्न । कहिलेकाहीँ साथीभाइ वा परिवारसँग रमाइलो गरिरहँदा पनि हामी धेरै खाइरहेका हुन्छौँ । आफूलाई पुग्ने भएपछि खान रोक्नु उचित हुन्छ । बरु, उब्रिएको खानेकुरा अर्काेपटकका लागि घरमै लिएर जानु राम्रो हुन्छ । आफूले नखाए घरमा रहेको कुकुर वा अन्य जनावरलाई दिन राम्रो हुन्छ । 

उचित पेय पदार्थ रोज्नुहोस्
कुनै रेस्टुरेन्ट गएपछि खानेकुरासँगै पेय पदार्थ पनि अर्डर गरिन्छ नै । रेस्टुरेन्टहरूले सुगरले भरिएको यस्ता धेरै पेय पदार्थको विकल्प दिएका हुन्छन् । जस्तै, कोक, फ्यान्टा, सोडा, आइस टी, आदि–आदि । स्वस्थ्य हिसाबले यस्ता खानेकुरामा नियन्त्रण गर्नु राम्रो हुन्छ । सोडा वाटरको सट्टा पानीमा कागती मिसाएर खान सकिन्छ । जस्तो, स्वास्थ्यका लागि एक कपसम्म वाइन ठीक हुन सक्छ । त्योभन्दा बढी वाइनले स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ ।

फ्रिबिज अस्वीकार गर्नुहोस्
फ्रिबिज रेस्टुरेन्टहरूले ग्राहकले अर्डर गरेको खानाभन्दा पहिले निःशुल्क दिने खानेकुरा हुन् । यसमा रेस्टुरेन्टहरूले बिस्कुट, पाउरोटी, रोल, बटरजस्ता खानेकुरा राखेका हुन्छन् । धेरै रेस्टुरेन्टहरू आफूले यस्तो व्यवस्था गरेका कारण खुसी पनि देखिन्छन् । तर, ग्राहक भने रेस्टुरेन्टहरूको यस्तो अफरदेखि सजक हुन आवश्यक छ । यस्ता खानेकुराले स्वस्थ्य ‘डाइट’ योजना असफल बनाइदिन सक्छ ।

फ्राइड खानेकुरा नखानुहोस्
भुटेको, तारेको खानेकुरा मीठो हुने गर्छ । अझ ठूलो संख्यामा एकैठाउँ बसेर खाँदा नमीठो खाने कुरा पनि मीठो हुन्छ । तर, धेरैलाई जानकारी नहुन सक्छ कि भुटेको वा तारेको खानेकुरा पाचन प्रणालीका लागि निकै खराब हुन्छ । यस्ता खानेकुराले तपाईंलाई निकै चाँडो अस्वस्थ बनाउने गर्दछ ।

बिस्तारै खानुहोस्
कुनै नयाँ सूचनाबारे सबैभन्दा पहिले दिमागले थाहा पाउँछ । अर्थात् मानिसमा धेरै विषय दिमागबाट सञ्चार भएको हुन्छ । दिमागले थाहै पाएन वा थाहा दिएन भने मानिसलाई त्यो विषयबारे जानकारी नहुन पनि सक्छ । यसर्थ मानव शरीरमा दिमागलाई छिटो चल्ने अंग मान्दा पनि हुन्छ । तर, खानेकुराको सन्दर्भमा भने दिमाग केही ढिला हुन्छ भनिन्छ । पेट खाली छैन भनेर थाहा पाउन दिमागलाई २० मिनेट लाग्छ । त्यसैले कसैसँग छिटो खाने बानी छ भने समस्या पनि निम्तिन सक्छ । त्यसैले खानेकुरा बिस्तारै खाने बानी गर्नुहोस् । यसले स्वास्थ्य ठीक बनाइराख्न मद्दत गर्नेछ ।

– एजेन्सीको सहयोगमा