Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३१ मंगलबार ०७:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दैनिक नयाँ  रेकर्ड बन्ने क्रम जारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३१ मंगलबार ०७:३५:००

अघिल्लो सातादेखि नै नेप्से नयाँ रेकर्डमा पुग्दै आएको छ । सोमबार पनि नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५६ बिन्दुमा पुगेर नयाँ रेकर्डमा पुगेको हो । यसअघि बिहीबार २ हजार ६ सय ७४ दशमलव ३६ बिन्दुमा पुगेको थियो । सोमबार ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ७८ अंकले बढेर ४ सय ८० बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक सकारात्मक तथा ६ समूहको सूचक नकारात्मक रहेको छ । यस दिन सबैभन्दा धेरै बढ्ने समूहको सूचकमा माइक्रो फाइनान्स समूह रहेको छ । यस समूहको सूचक ३ दशमलव ६४ प्रतिशतले बढेको छ । 

त्यस्तै, दोस्रोमा निर्जीवन बिमा समूह रहेको छ । यस समूहको सूचक १ दशमलव २६ प्रतिशतले बढेको छ । धेरै घट्नेमा होटेल तथा पर्यटन समूह परेको छ । यसको सूचक १ दशमलव ४३ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूहको सूचक १ दशमलव ६३ प्रतिशतले घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी २ सय १६ कम्पनीको १ करोड ३८ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको २५ करोड रुपैयाँको कारोबार भएकोमा अन्तिम मूल्य ९ सय ४९ रुपैयाँ रहेको छ । दोस्रो कारोबार हुने नबिल बैंकको २४ करोड ५३ लाख रुपैयाँको कारोबार भएकोमा अन्तिम मूल्य १ हजार ३ सय ४८ रुपैयाँ रहेको छ । 

पाँच कम्पनीमा सकारात्मक सर्किट 
सोमबार पाँच कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, च्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सकारात्मक सर्किट लागेको हो । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशतले बढेर १ हजार ५ सय ४५ रुपैयाँ पुगेको छ । महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार १७ रुपैयाँमा पुगेको छ । 

त्यस्तै, च्याङ्दी हाइड्रोपावर ९ दशमलव ८९ प्रतिशतले बढेर २ सय ४५ रुपैयाँ पुगेको छ । ज्योति लाइफ इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशतले बढेर ४ सय ६८ रुपैयाँ पुगेको छ । सिन्धु विकास बैंकको ९ दशमलव ८० प्रतिशतले बढेर २ सय २४ रुपैयाँ पुगेको छ ।

सोमबार सेयर मूल्य घटेका कम्पनीमा सान्जेन जलविद्युत् कम्पनी ४ दशमलव ४१ प्रतिशतले घटेर ४ सय ५५ रुपैयाँ कायम भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ३ दशमलव ९५ प्रतिशतले घटेर १ सय ४६ रुपैयाँ कायम भएको छ । युनाइटेड मोदी हाइड्रोपावर ३ दशमलव ६५ प्रतिशतले घटेर १ सय ८५ रुपैयाँ कायम भएको छ ।