कोरोना संक्रमणबाट सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा चार सय ९६ जनामा संक्रमण देखिएको छ । सोमबारसम्म संक्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कुल संक्रमितको संख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ ।
त्यसमध्ये दुई लाख ७४ हजार एक सय ६५ जना निको भइसकेका छन् । अहिले तीन हजार तीन सय ६ जना आइसोलेसनमा र ८५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घन्टामा आरटी पिसिआर परीक्षणबाहेक आठ नाकामा सात सय २७ जनाको एन्टिजेन परीक्षण पनि गरिएको थियो । त्यसमध्ये ६३ जनामा संक्रमण देखिएको छ ।