१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ३० सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ३० सोमबार ११:१७:००

कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदललगायत विषयमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अर्को बैठक कहिले बस्ने भन्ने तय भइसकेको छैन ।

गोविन्दराज रामचन्द्रका माइला भाइ हुन् । उनी चितवनको रत्ननगरमा बस्दै आएका थिए । वरिष्ठ नेता पौडेलले भाइको निधनले आफूलाई एक्लो महसुस भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

‘मेराे प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । मेरो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले मैले आफूलाई एक्लो भएको महसुस गरेको छु । प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीरशान्तिको कामना गर्दै स्वर्गवासको कामना गर्दछु,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।