१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार ०८:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग

कर्ली कपालमा बाबुछोरासँग निरुता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार ०८:२४:००

अभिनेता भुवन केसी निर्मित क्याप्टेन फिल्मको कर्ली–कर्ली कपाल बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । मेलिना राई र एसडी योगीको स्वरमा रहेको गीतमा एसडी र सुशान्त गौतमको संगीत छ । 

१७ फागुनमा प्रदर्शन हुने क्याप्टेनको सो गीतको भिडियोमा निर्माता भुवन, अभिनेत्री निरुता सिंह र अभिनेता अनमोल केसीलाई फिचर गरिएको छ । लामो समयको अन्तरालपछि भुवन र निरुता यही गीतमार्फत दर्शकमाझ आएका छन् । गीत सार्वजनिक कार्यक्रममा निर्माता भुवनले फिल्मका पात्रको चरित्रअनुसार गीत खिचिएको जानकारी दिए । उनले फिल्ममा फुटबलका साथै मायाप्रेम, हाँसो, रोदन सबै कुरा समेटिएको बताए ।

फुटबलको विषयमा बनेको फिल्म भएकाले देशप्रेमी आमनेपालीले हेर्नुपर्ने धारणा उनले राखे । कार्यक्रममा उपस्थित राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जनलगायत एन्फाका पदाधिकारीले समेत क्याप्टेनको सफलताको कामना गरेका थिए । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा अनमोल केसी, उपासना सिंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार, राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।