मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ पौष ४ बुधबार २०:१७:००
Read Time : < 1 मिनेट
प्रदेश

शिक्षक सेवा आयोगकाे नतिजा प्रकाशनसँग पुनः नम्बर जाेड्नेकाे भीड

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष ४ बुधबार २०:१७:००

शिक्षक सेवा आयोगकाे नतिजा प्रकाशन भएसँगै चित्त नबुझेकाहरुले नम्बर जाेड्न भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । 

सूचना अधिकारी खकुरेलका अनुसार अहिलेसम्म करिब दुईले पुनःयोगका लागि निवेदन दिएका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनु पर्ने हुन्छ । उनले सोचभन्दा कम शिक्षक अनुत्तिर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताए । 

सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताएका छन् । करिब ४० प्रतिशत शिक्षक अनुत्तिर्ण भएका छन् । उनका अनुसार दैनिक सय जनाले तीनै तहमा पुनःयोगका लागि निवेदन दिँदै आएका छन् । पुनःयोग दिएकामध्ये अहिलेसम्म ५० निवेदनमध्ये एक जनाको मात्र परिवर्तन भएको उनले बताए । 

यस वर्ष खुलातर्फ १२ हजार ७३७ र आन्तरिकतर्फ १२ हजार ५७३ पदका लागि विज्ञापन गरिएको थियो ।