मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत २९ आइतबार ०५:५७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुर्गाबहादुरले जिते धनगढी हाफ म्याराथन

Read Time : < 1 मिनेट
२०७७ चैत २९ आइतबार ०५:५७:००

धनगढीमा शनिबार आयोजित हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । बुढाले २१.१ किलोमिटर दूरी एक घन्टा ६ मिनेट ८.१८ सेकेन्डमा पार गरेका थिए । उपाधिसँगै बुढाले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका छन् । उनको यो लगातार तेस्रो उपाधि हो । यसअघिका दुई संस्करण पनि बुढाले नै जितेका थिए । धनगढी जेसिजले गरेको हाफ म्याराथनको यो सातौँ संस्करण हो । 

बैतडीका नरेन्द्र रावत दोस्रो र सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भएका छन् । नरेन्द्रले निर्धारित दूरी एक घन्टा नौ मिनेट ८.५३ सेकेन्ड र सन्तोषले एक घन्टा १२ मिनेट ४.२७ सेकेन्डमा पार गरेका थिए । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले क्रमशः नगद ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कर्पोरेट मिडियातर्फको पाँच किलोमिटर दौडमा वीरेन्द्रप्रसाद भट्टराई प्रथम भए । १७ मिनेट १३.५७ सेकेन्डमा उनले पाँच किलोमिटर दूरी पार गरेका थिए । कर्पोरेटतर्फ चन्द्र बोहरा दोस्रो र भोजराज अवस्थी तेस्रो भए । कर्पोरेटतर्फ प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तीन हजार तीन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ रुपैयाँ प्रदान गरिएको छ । पाँच किलोमिटर महिलातर्फको उपाधि कैलालीकी सीमा चौधरीले प्राप्त गरेकी छन् । उनले निर्धारित दूरी २० मिनेट ११ सेकेन्डमा पूरा गरिन् ।