Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ता कमली
२०७५ फाल्गुण ४ शनिबार ०६:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमापातले अवरुद्ध मनाङ सडक २४ दिनपछि खुल्यो

Read Time : < 1 मिनेट
शान्ता कमली
२०७५ फाल्गुण ४ शनिबार ०६:२८:००

हिमाली जिल्ला मनाङमा अवरुद्ध भएको सडक २४ दिनपछि बिहीबारबाट खुलेको छ । हिमपातका कारण अवरुद्ध उक्त सडक स्काभेटरले हिउँ पन्छाएपछि खुलेको हो । भारी हिमपातसँगै आएको पहीरोले सडक अवरुद्ध हुँदा कुनै पनि सवारी साधन चल्न सकेका थिएनन् । ‘स्काभेटरले सडकमा जमेको हिउँ पन्छाएको र साना सवारी साधन गुड्न सक्ने बनाएको छ’, मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘लामो समयसम्म सडक अवरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव तथा कालोबजारी हुन सक्ने भएकाले त्यो अवस्था आउन नदिन  आइतबारबाट हिमपात रोकिएपछी स्थानिय प्रशासन ,स्थानिय तह, सडक डिभिजन कार्यालय दमौलीको पहलमा बाटो खुलाइएको हो ।

माघ ८ गतेदेखि अवरुद्ध सडक २४ दिनपछि बिहीबारबाट सञ्चालनमा आएको मनाङका प्रजिअ देवकोटाले बताए । उनका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै हिमपातले ठूलो ढुंगा पल्टाएर बाटो अवरुद्ध भएको थियो । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङदेखि चामेसम्मको ७ किलोमिटर सडक सफा गरिएको छ भने चामेबाट स्याक्र्युखोलासम्मको करिब ६ किलोमिटर सडकको हिउँ पन्छाइएकोे प्रजिअ देवकोटाले बताए ।

माथिल्लो क्षेत्रबाट एग्रो मनाङ प्रालिको एक्साभेटरले मंगलबारदेखि हिउँ फालेर बाटो सफा गरेको थियो भने तल्लो क्षेत्रबाट निर्माणधिन जलविद्युत आयोजनाको डोजर र ब्रोकरले बाटो सफा गरिएको हो । मनाङका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले हिउँ पन्छाएसँगै बिहीबारबाट नै लमजुङको बेसीशहरबाट मनाङको चामेसम्म सवारी आवातजावत गरेको बताए ।

उनका अनुसार सडक खुलेसँगै स्थानियबासी, कर्मचारी र पर्यटकलाई आउजाउ गर्न सहज भएको छ । बेसीशहर मनाङ सडकखण्डमा सवारी चलाउने सवारीचालक सोम नेपालीले सडकको हिउँ पन्छाएसँगै गन्तव्यमा पुग्न कुनै समस्या नभएको बताए ।