Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाले समय मागेपछि तीन दलको बैठक विनानिष्कर्ष सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १७:३२:००

नयाँ सरकार गठनका विषयमा छलफल गर्न बसेको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ । छलफलमा सहभागी जनता समाजवादी पार्टीले आफूलाई केही दिन समय चाहिने माग राखेपछि शुक्रबार बसेको बैठक विनाकुनै निष्कर्ष सकिएको हो ।

नेपाली कांग्रेसले बोलाएको बैठकमा माआवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू सहभागी भएका थिए । बैठकमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि दुवै दललाई प्रस्ताव गरेको छ ।

जसपाले त्यसका लागि आफ्नै बैठक र छलफल आजदेखि सुरु भएकाले केही दिन लाग्ने भन्दै समय माग गरेको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । यसअघि बुढानीलकण्ठ जानुपूर्व बसेको जसपाको बैठकले सके आफ्नै नेतृत्वमा सरकार बनाउने, नभए जसले आफ्ना माग सम्बोधनमा गम्भीरता देखाउँछ उसैलाई सहयोग गर्ने रणनीति अख्तियार गरेको थियो ।