नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीलाई राजनेता मान्नेहरु दास मानसिकताको भएको टिप्पणी गरेका छन् । शुक्रबार समानान्तर कमिटी गठनका लागि मोरङ पुगेका नेपालले यस्तो टिपप्णी गरेका हुन् । उनको उपस्थितिका मोरङमा चन्द्रवीर राईको नेतृत्वमा तीन सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी निर्माण भएको छ ।
समानान्तर कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल चयन भएका छन् । सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, नीलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ चयन भएका छन् ।
त्यसैगरीऽ पारुल क्षेत्रीको नेतृत्वमा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन भएको छ । महानगर कमिटीको उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा किरण दाहाल, उपसचिवमा योगेशराज भण्डारी चयन भएका छन् ।