मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चेम्बर अफ कमर्सको अध्यक्षमा  मल्ल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १६:३६:००

मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । 

चेम्बरको आज सम्पन्न ७०औँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो । यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन भएकी छन् । 

प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।