१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २७ शुक्रबार १०:३२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गणेशमान सिंहको संघर्ष पुस्तकमा आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २७ शुक्रबार १०:३२:००

सर्वोच्च नेता गणेशमान सिंहको बारेमा उनकी छोरी डा. मीता सिंहद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ चाँडै नै बजारमा आउन लागेको छ । यही क्रममा बिहीबार २६ चैत ०४६ सालको जन–आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकको कभर सार्वजनिक भएको छ । 

प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन सर्वोच्च नेता सिंहकै नेतृत्वमा भएको थियो । यो पुस्तकले नेपाली राजनीति र  समाज रूपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षका बारेमा जानकारी दिने विश्वास लिएको डा. नीताको भनाइ छ ।

उनले यो पुस्तकमा प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरिरहनुभएका ‘नेता’ सिंहको बारेमा मात्र नभएर ‘पिता’ गणेशमानको  अर्को पाटो पनि उजागर गरेकी छिन् । पुस्तकले प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संर्घष वर्णन गर्ने उनको भनाइ छ ।

पुस्तक पढिसक्दा विशेष गरेर युवापुस्ताले प्रजातन्त्रका आधारभूत मूल्यमान्यता बुझ्नेछन् र राजनीतिमाथि आमजनताको अपेक्षा निराशामा परिणत भएको यो समयमा फेरि आशाको गति दिनेछ भन्ने उनको विश्वास छ । 

सरल भाषामा लेखिएको यो ऐतिहासिक पुस्तक जानकारीमूलक र संग्रहणीय छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ ।