मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका 
२०७५ फाल्गुण ३ शुक्रबार २१:४८:००
Read Time : < 1 मिनेट
समाचार

प्रदर्शनमा अब्बल सामुदायिक विद्यालयका विद्यार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ फाल्गुण ३ शुक्रबार २१:४८:००

शुक्रबार काठमाडौंको हाडिगाउँस्थित टङ्गाल माध्यमिक विद्यालयमा कलात्मक प्रदर्शनी सम्पन्न भएको छ । ‘विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी’ नाम दिएको प्रदर्शनीमा नेपालको पहिचान झल्किने चित्र प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीले कागजबाट हिमालदेखि तराईसम्मका सांस्कृति समावेश गरेका थिए ।

प्रदर्शनीमा विद्यार्थीले महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य र साहित्यकार झमक घिमिरेका तस्बिर बनाएका थिए । कक्षा ९ मा पढ्ने विद्यार्थीद्वय अर्जुन शर्मा र चन्द्रप्रसाद घिमिरेले केवलकारको नमूना बनाएका थिए । केवलकार बनाउने शर्माले भने, ‘तीन दिन लगाएर केवलकारको नमूना बनाएका थियौँ ।’ उनीहरुले बनाएको केवलकारले सबैको ध्यान तानेको थियो ।

यस्तै, कक्षा ८ मा अध्ययनरत विद्यार्थी सूर्य विश्वा मगरले कार्टुनको प्रयोगबाट नेपालको नक्सा, कम्प्युटर, डोजर र हलो बनाएका थिए । प्रदर्शनी आयोजक समितिकी संयोजक कक्षा ९ की सुम्निमा सुब्बाले विद्यालयले शैक्षिक प्रदर्शनी गरेकामा निकै खुशी लागेको बताइन् । 

प्रदर्शनीको बरेमा प्रधानाध्यापक राजेन्द्र अधिकारीले भने, ‘विद्यार्थीलाई पढाइसहति अतिरिक्त ज्ञानको उजागर गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी राखिएको हो ।’ प्रदर्शनीमा सय जना विद्यार्थीले भाग लिएका थिए । विद्यालय विसं २०२० मा स्थापना भएको हो ।