मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार

याेगेश भट्टराईले भने : घुस लिएका आयुक्त पाठकमाथि तत्काल छानबिन गरी कारबाही गर्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १९:१२:००

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले आयुक्त राजनारायण पाठककाे विषयमा तत्काल छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका  छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख घुस लिएकाे भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए । 

सांसद भट्टराईले  भ्रष्टाचारसम्बन्धि विवादमा मुछिएका पाठकले आफनो पदबाट राजीनामा दिए पनि पूर्व आयुक्तको हैसियतमा उनीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् । पाठकको राजीनामा दिने निर्णय उपयुक्त भएको र उनीमाथि अब छानबिन गरी कारबाही गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै रहेको सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कलेजबारे छानबिन गर्दा भ्रष्टाचारको विवादमा तानिएका सबैलाई कारबाही गर्न सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएका छन् ।