१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अमुल थापा काठमाडौं
२०७७ चैत २६ बिहीबार १४:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लालबाबु पण्डित भन्छन्– सरकारमाथि मात्र होइन, सभामुखमाथि पनि प्रश्न उठ्छ 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ चैत २६ बिहीबार १४:०५:००

एमाले सांसद लालबाबु पण्डितले बाधा–अवरोध भए सदनलाई जानकारी हुनुपर्ने भन्दै सरकारमाथि मात्र आरोप लगाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पण्डितले एउटा पनि विधेयक पारित नभएकोमा असन्तुष्टि जनाए । नागरिकता विधेयकलगायतका विधेयक रोकिएको भन्दै उनले असन्तुष्टि जनाए । 

‘सरकारले ल्याएका विधेयक काम होइन, सन्धि–सम्झौता अनुमोदन गर्न ल्याउनु काम होइन,’ उनले भने, ‘सरकारको विरोध गर्न मात्र चाहना राख्नेहरू, जबर्जस्ती सरकारलाई हटाएर आफू जान खोज्नेहरूले विरोध गरेका छन् । सदन राम्रोसँग चल्न नसक्नुमा सरकारमाथि मात्र होइन, सभामुखमाथि पनि प्रश्न उठ्छ ।’
उनले सभामुखको विशेष भूमिका हुनुपर्नेमा जोड दिए ।