मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सागर रिजाल
२०७५ फाल्गुण ३ शुक्रबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार

मेयरलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ फाल्गुण ३ शुक्रबार १८:२०:००

विप्लव नेतृत्वको नेकपा माओवादीका युवा संगठनका जिल्ला अध्यक्ष बाम बहादुर बुढा बिहीबार साँझ पक्राउ परेका छन् ।  माण्डवी गाउँपालिका, ३ चकचकेबाट प्रहरीले उनलाई गिरफ्तार गरेको हो । 

माण्डवी गाउँपालिका, १ तिराम निवासी बुढालाई केही समयअगाडि स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र बहादुर रोकायलाई कालो मोसो दलेको मुद्दामा गिरफ्तार गरिएको प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराए । अध्यक्ष बुढालाई अहिले जिल्ला प्रहरी कार्यालय प्युठानको हिरासतमा अनुसन्धानका लागि राखिएको बुढाथोकीले बताए ।