मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंबाट ग्याँस निकाल्ने प्रक्रिया सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १८:०७:००

सरकारले काठमाडौंस्थित तिनकुनेमा ग्याँस उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ग्याँस उत्खननका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तिको कामलाई अघि बढाएको जानकारी दिए । 

शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्याँसको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाइकाको सहयोगमा अध्ययन गरे पनि तिनकुनेबाट ग्याँस उत्खनन कार्यलाई अघि बढाउन लागिएको जानकारी दिएका हुन् । उनले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको उल्लेख गर्दै खानी उत्खनन्को कामलाई अघि बढाउने काम हुने बताए ।

फलाम खानीबाट पठाएको नमूना चीन सरकारले परीक्षण गरेपछि खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाई छ । त्यसको विस्तृत विवरण चीनबाट आएपछि खानी संचालनमा ल्याउने सरकारको योजना छ । उनले सो क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको राष्ट्रिय सभालाई जानकारी गराएका थिए ।