१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भुपेन्द्र वली
२०७५ फाल्गुण ३ शुक्रबार १७:५४:००
Read Time : < 1 मिनेट
समाचार

दाङमा यात्रुबाहक बस ठोक्किँदा ४२ घाइते

Read Time : < 1 मिनेट
भुपेन्द्र वली
२०७५ फाल्गुण ३ शुक्रबार १७:५४:००

दाङमा शुक्रबार विपरीत दिशाबाट आएका दुई यात्रुबाहक बस ठाक्किँदा ४२ जना घाइते भएका छन् । दंगीशरण गाउँपालिका ७ श्रीगाउँको बोगटीमा भएको दुर्घटनामा घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुरको उरहरी आउँदै गरेको ना ८ ख १०१७ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । घाइतेहरुमध्ये ३९ जनाको राप्ती प्रदेश अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गम्भीर तीनजनालाई  थप उपचारका लागि कोहलपुर लगिएको कार्कीले बताए ।