मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार

धनुषामा नाैँ वर्षीय बालिकाको शव भेटियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १७:४३:००

धनुषाको मिथिला नगरपालिका–३ हरिपुरमा करिव ९ वर्षीय बालिकाको जलेको अवस्थामा शव भटिएको प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

कक्षा २ मा अध्यनरत दुतिया रैसेलीको शव बिहीबार बिहान घर नजिकै उखुबारीमा भेटिएकाे हाे । बुधबार राति बुवा नारायण रैसेलीसँग छिमेकीको घरमा बिहे भाेज खान गएकी उनी मृत भेटिएकी हुन् । प्रहरी उपरीक्षक खनालले घटनाको अनुसन्धान गर्न ५ जनासँग साेधपुछ गरी छाडिएकाे बताए । 'घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौँ,' उनले भने, ‘चाडै घटनाकाे सत्यतथ्य बाहिर ल्याउने छाैँ ।’