Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अनु आचार्य
२०७५ फाल्गुण ३ शुक्रबार १७:४०:००
Read Time : < 1 मिनेट
समाचार

आधा केजी सुनसहित एक जना पक्राउ

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७५ फाल्गुण ३ शुक्रबार १७:४०:००

चीनको केरुङबाट अबैध रूपमा ल्याइएको करिब आधा केजी सुनसहित एक जनालाई रसुवा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ तामाङ रहेका छन् ।

चीनको केरुङबाट काठमाडौं जाँदै गरेका तामाङलाई गोसाईकुण्ड गाउँपालिका ६ खोपाङभिरमा नियमित चेकजाँचको क्रममा सुनसहित पक्राउ गरिएको जल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक रञ्जन अवाले बताए । तामाङको शरीर जाँच गर्दा चार सय ६२ ग्राम सुन फेला पारिएको अवाले बताए । 

तामाङको साथबाट भेटिएको सुनको मुल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ  । सुनसहित पक्राउ परेका उनलाई आइतबार राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको उनले बताए ।