मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २४ मंगलबार ०८:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २४ मंगलबार ०८:५९:००

साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । लगानीकर्ताले बढेको बजारमा नाफा बुक गर्न खोज्दा कारोबार रकम घट्न पुगेको हो । आइतबार ९ अर्बको कारोबार भएको बजारमा यस दिन धितोपत्र र ऋणपत्र गरी कुल २ सय १२ कम्पनीको १ करोड ५८ लाख कित्ता–इकाइ सेयर किनबेच भएको छ ।

७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको बजारमा लगानीकर्ताले नाफा बुक गर्न लागेको लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।  

सोमबारको बजारले आइतबारको रेकर्डलाई तोडेको छ । आइतबार २ हजार ६ सय ५७ दशमलव ६१ बिन्दुमा पुगेको भए पनि सोमबार कारोबारको सुरुमै नेप्से २ हजार ६ सय ८० दशमलव ०४ बिन्दुमा पुगेर ओरालो लागेको हो । सोमबार १ दशमलव १३ अंकले बढेर २ हजार ६ सय ५८ दशमलव ७५ बिन्दुमा पुगेको हो ।

यस दिन कारोबारमा आएको समूहमध्ये सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सूचक बढेको छ । यस समूहको सूचक ३ दशमलव १४ प्रतिशतले बढेको छ भने दोस्रोमा ट्रेडिङ समूहको सूचक २ दशमलव २३ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन ४ समू्ह र उपसमूहको सूचक घटेका छन् ।

सबैभन्दा धेरै कारोबार हुनेमा अपर तामोकोसी हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको अन्तिम मूल्य ९ सय ८ रुपैयाँका दरले ३४ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, दोस्रो कारोबार हुनेमा आइएमी जनरल इन्स्योरेन्स रहेको छ । आजको अन्तिम मूल्य ३१ करोड ३४ लाखको कारोबार भएको छ । यस कम्पनीको अन्तिम सेयर मूल्य १२ सय ९७ रुपैयाँमा किनबेच भएको छ ।

त्यसैगरी, तेस्रो कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २८ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको अन्तिम सेयर मूल्य ५ सय ७७ मूल्य रुपैयाँमा सेयर किनबेच भएको हो ।

४ कम्पनीको लगातार सकारात्मक सर्किट
४ कम्पनीले लगातार यस साताको दोस्रो दिन सर्किट मूल्यमा कारोबार गरेका छन् । यस दिन सकारात्मक सर्किट मूल्यमा कारोबार हुनेमा एनआइसी एसिया लघुवित्तको ९ दशमलव ९९ प्रतिशतले बढेर १ हजार ५७ रुपैयाँ कायम भएको छ ।

राधी विद्युत् कम्पनीको ९ दशमलव ९८ प्रतिशतले बढेर ४ सय ८५ रुपैयाँ कायम भएको छ । त्यस्तै, वमी माइक्रो फाइनान्स ९ दशमलव ८५ प्रतिशतले बढेर १६ सय ५८ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९८ प्रतिशतले बढेर ९ सय रुपैयाँ कायम भएको छ । यस दिन सबैभन्दा धेरै घट्नेमा गोर्खाज फाइनान्स ४ दशमलव १२ प्रतिशतले घटेर ४ सय ८९ रुपैयाँ कायम भएको छ । त्यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी ३ दशमलव ३६ अंकले घटेर २ सय ५९ रुपैयाँ कायम रहेको छ ।