१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १६:०५:००
Read Time : < 1 मिनेट
समाचार

सरकार पूर्णतः असफल भएकाे नेता महतकाे दावी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १६:०५:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार पूर्णतः असफल भएको बताएका छन् । 

कांग्रेस सहमहामन्त्री महतले ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई ‘कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’को संज्ञा दिए । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले गलत आर्थिक नीति लिएकाले मुलुकको आर्थिक क्षेत्र संकटमा फसेको, सुशासन दिनुको सट्टा भ्रष्टाचार बढेको, अपरिपक्व परराष्ट्र नीतिका कारण अन्तराष्ट्रिय सम्बन्ध बिग्रेको बताए । 

पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले सरकारकै कारण मुलुकमा स्वदेशी पूँजीसमेत पलायन हुने अवस्थामा पुगेको बताए । सरकारले उल्टो बाटो लिएकाले मुलुकमा सुशासन र समृद्धि आउने सम्भावना नरहेको उनको दावी छ ।