१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कपिलवस्तु
२०७७ चैत २२ आइतबार ०६:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीतिले कोल्टे फेरेको छ, सम्भवतः छिटै नयाँ सरकार बन्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
२०७७ चैत २२ आइतबार ०६:३७:००

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिले कोल्टे फेरेको र सम्भवतः छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

‘हिजो र आजसम्मको काठमाडौंको  राजनीतिक घटनाक्रम अलिकति फेरियो, खासगरी कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ शनिबार कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले भने, ‘सम्भवतः छिटै नयाँ सरकार बन्नेछ । नयाँ परिस्थिति बन्नेछ ।’

शुक्रबार कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको थियो ।