मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १५:५८:००
Read Time : < 1 मिनेट
समाचार

एक महिनामा अमेरिकाको बजेट घाटा साढे १३ अर्ब डलर, करिब २२ ट्रिलियन डलर ऋण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १५:५८:००

अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा साढे १३ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले जनाएको छ ।

अघिल्लो वर्षको सोही महिनाको बजेट घाटामा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो वर्षको डिसेम्बरमा संघीय घाटा बजेट करिब साढे २३ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत वर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा गत वर्ष ६.६ प्रतिशतको कमी आएको छ । 

आर्थिक वर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा बजेट घाटा तीन खर्ब १९ अर्ब अमेरिकी डलर रहेको देखिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतको बढी हो । 

नियमित तालिकाअनुसार उक्त तथ्याङ्क जनवरीको अन्त्यमा सार्वजनिक हुनु पर्नेमा ट्रम्प सरकार र संसदबीचको विवादका कारण सरकारी कार्यालयमा भएको ३५ दिन लामो बन्दका कारण ढिलो सार्वजनिक भएको हो । 

अमेरिकाको गत वर्षको डिसेम्बरमा उच्च तीन ठूला खर्चहरू, सामाजिक सुरक्षामा ८४ अर्ब अमेरिकी डलर, राष्ट्रिय सुरक्षामा ५७ अर्ब अमेरिकी डलर र स्वास्थ्यमा ४८ अर्ब अमेरिकी डलर रहेको तथ्याङ्कमा उल्लेख छ । अमेरिकाको सार्वजनिक ऋण फेब्रुअरी ११ सम्म करिब २२ ट्रिलियन डलर रहेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो । रासस