१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २१ शनिबार १६:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजान्छौँ : पौडेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २१ शनिबार १६:०१:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए कांग्रेसले संसद्मा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । 

नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसद्मा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैँ राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसद्मा लैजाने बताए । उनले भने ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउँछौंं ।’

सरकार बाहिर रहेका, प्रतिगमनविरुद्धमा संघर्ष गरेका र संसद् पुनर्स्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसद्मा अविश्वासको प्रस्ताव लैजाने बताए । उनले भने ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनस्थापनाका लागि आवाज उठाएका तीनवटा दलकोबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौं ।’

उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । तर, यस विषयमा अन्य दलहरूसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताए ।

उनले भने, ‘महाधिवेशन हुन्छ, समयमै हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुन्छ, गर्नैपर्छ, नगर्दा त हाम्रो पार्टीको अस्तित्व नै समाप्त हुन्छ ।’ जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए ।  उनले भने ‘जनता समाजवादीका नेताहरूसँग हामी कुरा गर्छौं । उहाँहरूका माग पुरा गर्नलाई हामी प्रयास गर्छौं ।