मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जिल्ला ब्युरो कपिलवस्तु
२०७७ चैत २१ शनिबार १४:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब देशमा छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
जिल्ला ब्युरो, कपिलवस्तु
२०७७ चैत २१ शनिबार १४:३८:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने बताएका हुन् ।

उनले भने ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केही दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’ अर्काे एक प्रसंगमा उनले १० वर्षे जनयुद्धका कारण देशमा  संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण भएको दाबी गरे । माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद दिए ।

उनले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘मलाई मधेसमा के–के समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिँचाइको समस्या छ, महिला हिंसाको समस्या छ अनि रोगव्याधिको समस्या छ । ती सबै नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछन् ।’

राजनीतिमा केपी ओलीभन्दा आफू इमान्दार भएको उनले दाबी गरे ।