मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २१ शनिबार ०८:१३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीसँग न्यु डायमन्ड पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २१ शनिबार ०८:१३:००

न्यु डायमन्ड क्लब पाँचौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीसँगसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको छ । प्रतियोगिताको पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको न्यु डायमन्डले शुक्रबार आर्मीविरुद्ध अन्तिम सेटसम्म कडा चुनौती प्रस्तुत गरेको थियो । 

पहिलो सेटमा १७–२१ ले पछाडि परेको न्यू डायमन्ड दोस्रो सेटमा फर्कियो । यस सेटमा न्यु डायमन्डले आर्मीलाई २५–२० ले निराश पार्‍यो । आर्मीले अघिल्लो सेटको बदला लिँदै तेस्रो सेट २५–२३ ले बाजी मार्‍यो । न्यु डायमन्डका खेलाडी सम्हालिँदै चौथो सेट २५–१५ ले जिते ।

पहिलो चार सेटमा दुवै टोलीबीच २–२ सेट बराबरी भएको थियो । पाँचौँ तथा अन्तिम सेट कुनै पनि पक्षमा जान सक्थ्यो । आर्मी अन्तिम सेटमा सम्हालियो । यसविपरीत न्यु डायमन्डले अन्तिम समयमा सहज अंक गुमाउँदा आर्मी १५–१२ ले विजयी भयो । आर्मीले महत्वपूर्ण दुई अंक बटुल्यो । 

नेपाल भलिबल संघको आयोजनामा सञ्चालन भइरहेको च्याम्पियनसिपको महिलातर्फ अर्काे खेलमा एपिएफ र नेपाल पुलिसले जित निकाल्न सफल भएका छन् । एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जित निकाल्यो । एकपक्षीय खेलमा एपिएफले ढोरपाटनलाई २५–३, २५–९ र २५– ५ ले हराएको हो । एपिएफले तीन अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० कै जित रच्यो । पुलिसले भरतपुरलाई २५–४, २५–८ २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–१ को जित निकालेको हो । पहिलो सेट २५ । १४ ले जितेको हेल्प नेपालले दोस्रो सेटमा २५–२३ ले पराजित भयो । खेलमा फर्कदै हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१६ ले जित्यो ।