१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत २० शुक्रबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा काभ्रेमा दुई विद्यालय पुनर्निर्माण सुरु

Read Time : < 1 मिनेट
२०७७ चैत २० शुक्रबार १४:३२:००

भारतीय सहयोगमा काभ्रेमा दुईवटा विद्यालय पुनर्निर्माणको काम सुरु भएको छ । जिल्लाको रोशी गाउँपालिकास्थित  र श्री हरिसिद्धl मावि र महाभारत गाउँपालिकास्थित सिद्धेश्वर मावि पुनर्निर्माण हुने भएको हो ।

दुई  करोड ८४ लाख लागतमा हरिसिद्धि माविको पुनर्निर्माण हुँदै छ भने तीन करोड ९६ लाख रुपैयाँमा सिद्धेश्वर माविको निर्माण सम्पन्न हुनेछ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्डअनुरूप यी विद्यालयहरूको निर्माण गरिने भारतीय दूतावासले जनाएको छ । 

शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सीको उपस्थितिमा दुई विद्यालय पुनर्निर्माणका लागि भूमिपूजा भएको छ ।

हरिसिद्धि माध्यमिक विद्यालयको तीनतले नयाँ संरचनामा नाैवटा कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरूका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ । त्यस्तै, सिद्धेश्वर माध्यमिक विद्यालयको तीनतले नयाँ संरचनामा १३ वटा कक्षाकोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचनाको सुविधा हुनेछ । यी विद्यालयहरूको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका आठ जिल्लाका कुल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतुले भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु ५ अर्ब ८० करोड) आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस भूमिपूजासँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ । जसमध्ये आठवटा विद्यालयहरू सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ ।