मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ चैत २० शुक्रबार १४:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघको निर्वाचनमा प्रदेश २ बाट ५३ जनाको उम्मेदवारी 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ चैत २० शुक्रबार १४:०३:००

आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश २ को निर्वाचनमा विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् । २१ वटा पदका लागि भएको निर्वाचनमा ५३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको जनाएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी दर्ता फरक–फरक दिन भए पनि  निर्वाचन भने संघीय, प्रदेश र जिल्लाको एकै दिन हुनेछ । 

नेपाल पत्रकार महासंघका प्रदेश २ को अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ ।  धनुषाबाट नवलकिशोर यादव र राजेश कर्ण र  सर्लाहीबाट जितेन्द्रप्रसाद सिंहको उम्मेदवारी परेको छ । त्यसैगरी, उपाध्यक्षमा वृजलाल पासवान, राजु विश्वकर्मा र रामनन्दप्रसाद गुप्ता,महिला उपाध्यक्षमा ज्योति झा, नेहा झा, मालाकुमारी कर्ण र रेणुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । 

महासचिवमा अशोककुमार तिवारी, ध्रुव साह र श्यामप्रसाद बञ्जारा, खुला सचिवमा अजिकुमार सिंह, आलोक पाण्डे, कमलकुमार उपाध्याय र समावेशी सचिवमा उपेन्द्रप्रसाद यादव, जितलाल श्रेष्ठ र भोला पासवानले मनोयन दर्ता गराएका हुन् । 

कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोजकुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्रकुमार महतोले उम्मेदवारी दिएका हुन् भने खुला सदस्यमा अजयकुमार साह, अनिलकुमार तिवारी, दीपकप्रसाद गौतम, नवीन सिंह, वैधनाथ चौधरी, मनोज तिमिल्सिना, महेश्वर अधिकारी, रमेश सिंह, ललनकुमार साह, शैलेन्द्र झा, सन्तोषकुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्यमा प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देव, सपना ढकाल, सरिता चौधरी र बरुणा यादव, मधेसी सदस्यमा धनवीर महतो, नवीन मिश्र र सञ्जयकुमार राउतले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । आदिवासी जनजाति सदस्यमा उदयकुमार दास थारू, रोयान्टर मण्डल र शंकर श्रेष्ठ, दलित सदस्यमा कैलाश दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा, अल्पसंख्यक सदस्यमा हदिश खुद्दार, प्रभाषचन्द्र कर्ण र ग्यासु मियाँ देवानले उम्मेदवारी दिएका हुन् । 

उम्मेदवारउपरको दाबी–विरोधका लागि बिहीबार साँझ ६ बजेदेखि शुक्रबार अपराह्न साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ ६ बजे गरिने निर्वाचन आयुक्त रामभरत साहले बताए ।