मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २० शुक्रबार १३:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्यानमारमा भएको नरसंहारविरुद्ध युएन कार्यालयअगाडि प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २० शुक्रबार १३:२०:००

म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवनअगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानव अधिकार सञ्जालले शुक्रबार बिहान संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानव अधिकारकर्मीहरूले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै विरोध जनाएका छन् । प्रजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारविरुद्ध छिमेकी राष्ट्रहरू नै चुप लागेर बसेको भन्दै आपत्ति जनाए ।  

मानव अधिकारकर्मीहरूले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानव अधिकार उल्लंघन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्वारा गरिएको नरसंहारको घोर भर्त्सना गर्दछौँ’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।